Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अभिनेता तेजको “प्रेमगञ्ज “भाद्र ३ मा

Monday, March 7, 2022 National Power

काठमाण्डौ – झण्डै एक दशक भन्दा लामो समय देखी नेपाली चलचित्र उद्योगमा काम गर्दै आएका अभिनेता तेज गिरी अब प्रेमगञ्ज चलचित्र मार्फत नेपाली दर्शक माझ देखिदै छन् । झण्डै दुई करोड पाँच लाखको लागतमा तयार भएको नेपाली कथानक चलचित्र प्रेमगञ्जले दर्शकहरुको मन जित्नेमा आफुहरु आशावादी रहेको अभिनेता गिरीले वताएका छन् ।

अभिनेता गिरीले यस अघि पनि थुप्रै नेपाली चलचित्रहरु मार्फत आम दर्शकहरुको मन जित्न सफल भईसकेका छन् । उनले पञ्चेबाजा, द्यौली, वडा अध्यक्ष लगायतका चलचित्रहरु र केही सर्ट फिल्ममा समेत अभिनय गरिसकेका छन् ।

चलचित्र प्रेमगञ्जमा अभिनेता गिरीले यस अघिका चलचित्रहरुमा भन्दा फरक तरिकाले आफुलाई निर्देशक परिच्छेद सेनले प्रस्तुत गरेको वताएका छन् । प्रेम सम्बन्ध र जीवन संघर्षमा आधारित रहेर निर्माण भएको चलचित्र प्रेमगञ्जलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् यस अघि सेनले मुख्य सहायक निर्देशकका रूपमा मसान, द्यौली, माला, सेतो बाघ, नयाँ नभन्नु ल–३, अग्नीदहन, सेफ ल्यान्डिङ, लभर्स जस्ता चलचित्रहरुमा काम गरिसकेका छन् ।

चलचित्र प्रेमगञ्जको आउने भदौ ३ गते भव्यरुपमा देश भरका सिनेमाहलहरुमा प्रदर्शन हुनेभएको छ । चलचित्रमा अभिनेता तेज गिरीका अलवा बेनिशा हमाल, सुरक्षा पन्त, सम्पदा बानियाँ, सुप्रिया खनाल, राईडर प्राशन, सिमरन खड्का, आयुषी ढकाल, आयुष ढकाल, पवन भट्टराई लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रलाई संजय लामाले खिचेका हुन् । चलचित्र २०७९ साल भाद्र ३ गते श्रीकृष्णजन्माष्टमीको दिन प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी गराएको छ ।

https://www.facebook.com/watch/?v=1111761606279041