Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

उत्तर कोरियाको एक सेटलाइटले पूरा अमेरिकालाई ध्वस्त पार्न सक्षम

Monday, April 17, 2017 National Power

४ बैशाख, एजेन्सी – आजकाल डोनल्ड ट्रम्पलाई उत्तर कोरियाको मिसाइल र परमाणु बमले सताइरहेको छ । तर अंतरिक्षमा प्योङ्याङको उपग्रहबाट विद्युतीय तरङ्गको एक प्रहारले पनि पूरा अमेरिकालाई ध्वस्त बनाइदिन सक्छ । अब अमेरिकी रक्षा विभाग यो खतरासँग जुघ्ने तयारी गरिरहेको छ ।

अमेरिकी रक्षा विशेषज्ञका अनुसार उत्तर कोरियासँग अमेरिकी पावर ग्रिडमा सेटलाइटबाट इलेक्ट्रोम्याग्नेटिक पल्स (इएमपी) हमला गर्ने ताकत छ । सिआईएका पूर्व निर्देशक जेम्स वुल्सीका अनुसार यस्तो प्रकारको एक्लो हमलाले अमेरिकाको इलेक्ट्रिक ग्रिड र अन्य बलिया ढाँचालाई वर्षभरीका लागि बेकर गर्न सक्छ । यसले पैदा हुने भुखमरी र अराजकतामा १० मध्ये ९ अमेरिकी मारिन्छन् ।’वुल्सीका अनुसार अमेरिकी सभ्यता र लाखौं मानिसहरुको ज्यान बचाउनका लागि अमेरिकाले यो आशंकासँग लड्ने उपाय खोज्नुपर्ने हुन्छ । अमेरिकी मिडिया अनुसार अमेरिकी रक्षा विभाग यो खतराबारे जानकार छ । पेन्टागनको प्राविधिक विभाग डिफेन्स एड्भान्स रिसर्च एजेन्सी (डिएआरपीए) यस्तो हमलासँग जुघ्नका लागि थुप्रै नयाँ प्रविधी विकास गर्न लागीपरेको छ । राष्ट्रपति ट्रम्पको बलियो ढाँचाको आधुनिकीकरणको एजेन्डा यो प्रविधिको विकासमा समावेश छ । डीएआरपीएले पावर कम्पनी बीएई सिस्टमबाट यस्तो ब्याकअप तयार गर्नका लागि बताएको छ जो इलेक्ट्रिक ग्रिड निष्क्रिय हुँदा पनि बिजुलीको आपूर्ती जारी हुन सकोस् । तर यो प्रविधीलाई व्यवहारमा परिणत गर्नका लागि सन् २०१० सम्मको समय लाग्नेछ ।

राष्ट्रपति ट्रम्पले सत्ता सम्हाल्नुभन्दा पहिले उत्तर कोरियाको हतियार कार्यक्रमसँग जुघ्ने उनको पहिलो प्राथमिकता हुने बताएका थिए । उनी ह्वाइट हाउसमा प्रवेश भएलगत्तै दुबै देशमा तनाव बढ्दो छ । ट्रम्प प्रशासनका अनुसार उत्तर कोरियाविरुद्ध लड्नका लागि सबै विकल्प खुल्ला छन् ।