Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्तिम संस्कार, भाइ र भतिजाले दिए मुखाग्नी

Monday, February 7, 2022 National Power

काठमाडौं – कोरोना र निमोनियासँग २९ दिनको लडाईंपश्चात् लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । उनको अन्तिम संस्कार मुम्बईको शिवाजी पार्कमा गरियो । मुखाग्नी भतिजो आदित्यले दिए, साथै भाइ हृदयनाथ मंगेशकरले ती सबै काम गरे जुन आदित्यले गरिरहेका थिए । नजिकै लताका बहिनीहरू उषा, आशा र मीना पनि थिए । बसिरहेका ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत थुप्रै ठूला व्यक्तित्व आए र श्रद्धाञ्जली दिएर फर्किए । लताको निधनमा दुई दिन राष्ट्रिय शोक रहनेछ । देशभरीका झण्डा आधा झुकेको हुनेछ र कुनै प्रकारको उत्सवको आयोजना हुनेछैन । महाराष्ट्र सरकारले लताको सम्मानमा सोमबार सार्वजनिक छुट्टी र तीन दिनको राजकीय शोक घोषित गरेको छ । पश्चिम बंगाल सरकारले सोमबार आधा दिनको छुट्टी घोषणा गरेको छ ।

अन्तिम संस्कार अघि सेनाका जवानले लताको पार्थिव शरीरलाई झण्डाले बेरेर घरबाट बाहिर ल्याए । त्यसपछि आर्मी, नेवी, एयरफोर्स र महाराष्ट्र प्रहरीका जवानले उनको शवलाई काँध दिए । उनको पार्थिव शरीर फूलले सजाएर सेनाको ट्रकमा राखेर शिवाजी पार्क लगे । मुम्बईका हज्जारौँ मानिस लतालाई अन्तिम बिदाई दिन सडकमा उत्रिए ।

लता लगभग दुई वर्षदेखि घरबाट बाहिर निस्किएकी थिइनन् । उनी कहिलेकाँही सोसल मिडियामार्फत् आफ्ना प्रशंसकका लागि सन्देश दिने गर्थिन् । बढ्दो उमेर र खस्किँदो स्वास्थ्यका कारण उनी धेरैजसो आफ्नो कोठामा नै बस्थिन् । उनको घरका एक सहयोगीलाई कोरोनाको संक्रमण भएपछि उनको पनि परीक्षण गराइएको थियो । ८ जनवरीमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।