Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको धर्ना सुरु

Saturday, April 15, 2017 National Power

२ वैशाख,काठमाडौँ —सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् ।
काठमाडौँको रत्नपार्क्स्थित शान्ति वाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोधस्वरुप आजदेखि अनशनको सुरुवात गर्नुभएको हो ।
लोकतान्त्रिक राज्य व्यवस्थामा दललाई दलीय चुनाव चिन्हबाट नदिइ सरकारले अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोधस्वरुप वैधानिकरुपमा दर्ता भएका सबै दललाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन् ।

शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले २५÷३० वर्षअघि यही रत्नपार्कबाट बहुदलीय व्यवस्थाका लागि आन्दोलन गरेको स्मरण गर्दै अहिले गणतान्त्रिक व्यवस्थामा पनि पूर्ण लोकतन्त्रको स्थापना गर्ने उद्देश्य राखेर शान्तिपूर्ण सङ्घर्ष सुरु गरिएको बताउनुभयो ।
त्यस्तै अनशनमा सहभागी अन्य राजनीतिक दलका नेताले सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र तीन दलीय निरङ्कुशताका विरुद्ध आफूहरुको शान्तिपूर्ण सङ«घर्ष जारी रहने बताएका छन् ।