Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वडाअध्यक्षको घरमा कुपन कार्यकर्ताको पाखुरामा कोरोनाको भ्याक्सिन

Wednesday, August 4, 2021 National Power

बनेपा- बनेपा नगरपालिका बडा नं ८ का बडाअध्यक्ष दानबहादुर मानन्धरको घरमा बनेको कुपन बाँडेर भटाभट कांग्रेसका कार्यकर्ताले कोरोनाको भ्याक्सिन लगाउन थालेपछि बनेपा खोप केन्द्र लायकुमा हंगामा भएको छ ।
५० बर्ष उमेर समुहभन्दा माथिका नागरिकलाई खोप लगाउने सूचना पाएर व्यवस्थित ढंगले लाइनमा बसेका बनेपालीले कोरोनाको खोप लगाउन नपाउने भएपछि एकैछिन खोप केन्द्रमै प्रहरी समेत आउने अवस्था सृजना भएको थियो ।
घरमा कुपन बनाएर खोपका लागि बाड्ने योजनाको बारेमा बडा सदस्यलाई खबर समेत गरिएको थिएन । एक बडा सदस्यले आफूलाई त्यस बारेमा केही थाहा नभएको बताए ।
बडाअध्यक्षले भने घरमा कुपन बनाएर आफ्ना कार्यकर्तालाई मात्रै लगाउन लगाएको भन्दै सामाजिक संञ्जालमा समेत त्यसको विरोध गरिएको छ ।
बनेपामै मेयरले आफ्ना कार्यकर्तालाई मात्रै खोप लगाएकोे भनेर नेपाली कांग्रेस निकट विद्यार्थी र कार्यकर्ताले विरोध जनाएपनि आफ्नो पार्टीको वडाअध्यक्षले काग्रेसका कार्यकर्तालाई मात्रै खोप लगाएपनि कसैले विरोध गरेका छैनन् ।
खोप केन्द्रमा समानुपातिक रुपमा खोप नलगाएकाले गुनासो आएर प्रहरी आउनु पर्ने वातावरण सृजना हुनु पक्कै पनि राम्रो नरहेको वडाअध्यक्षका प्रत्यासी नवराज मानन्धरले भन्नुभयो । सबै जनता समान भएकाले पँहुचको आधारमा कसैले घरमा बनाएर ल्याएको खोप पाउने कसैले भने सरकारले दिएको मापदण्डमा समेत खोप नपाउनु दुभाग्र्य भएको मानन्धरले बताउनुभयो ।
काभ्रेकै केही स्थानीय तहमा ४० बर्ष उमेर समुहकाहरुलाई खोप दिन सुरु भएको छ ।