Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बस कन्डक्टरका छोरा राज कुन्द्रा: जसको नेपालले फेरिदिएको थियो भाग्य !

Thursday, July 22, 2021 National Power

  • मुम्बई – मुम्बई प्रहरीले शिल्पा शेट्टीका श्रीमान् तथा कारोबारी राज कुन्द्रालाई प क्राउ गरेको छ । उनलाई पो-र्नोग्राफिक फिल्म बनाएको र त्यसलाई सार्वजनकि गरेको आरोपमा प क्राउ गरिएको छ । मुम्बई क्राइम ब्रान्चमा फेब्रुअरी सन् २०२१ मा एक आ-रोप दर्ता भएको थियो । यसको अनुसन्धान गर्ने क्रममा सोमबार राज कुन्द्रालाई प क्राउ गरिएको हो । प्रहरीले राज कुन्द्रा यसमा समावेश भएको कुरामा पर्याप्त प्रमाण भएको दाबी गरेको छ ।

हालसम्म राज कुन्द्राको परिवार वा शिल्पा शेट्टीको तर्फबाट कुनै बयान जारी गरिएको छैन । मुम्बई प्रहरीले राज कुन्द्रालाई मंगलबार अदालतमा पेश गर्नेछ । यसै वर्ष फेब्रुअरीमा मुम्बई प्रहरीले एक समूह गठन गरेर ग्रीन पार्क बंगलामा छापमा मा-रेको थियो । प्रहरीले यो कारवाही त्यहाँ पो-र्न फिल्मको सुटिङको सूचना पाएपछि गरेको थियो । यतिबेला प्रहरीले पाँचजनालाई प क्राउ गरेको थियो र एक युवतीलाई रिहा पनि गरिएको थियो । प क्राउ परेका पाँच जनामध्ये दुई अभिनेता र दुई युवती समावेश थिए ।

पस्मिना सल र हिराको व्यापारः राज कुन्द्राका पिता बालकृष्ण बेलायतका एक साधारण बस कन्डक्टरको काम गर्दथे । राज सन् १९९४ मा नेपाल आए र यहाँको पस्मिना सलले उनको भाग्य फेरिदियो । जब उनी नेपालबाट बेलायत फर्किए तब उनले आफूसँग कन्टेनर भरी पस्मिना सल पनि लिएर गए । उनले ती सल बेलायतका विभिन्न फेसन हाउसमा सप्लाई गरे । पहिलो वर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए । अब राजसँग अन्य व्यापारमा हात हाल्नका लागि पर्याप्त पैसा थियो । तर राज सल निर्यात गर्नेमा मात्रै सिमित भएनन् । उनले हिराको व्यापारमा हात हाले र सफल रहे । रुस, युक्रेन र संयुक्त अरब इमिरेट्सजस्ता देशमा व्यापारिक सम्भावना हेर्दै राजले उत्खनन, रियल स्टेट र अक्षय ऊर्जाको क्षेत्रमा पनि कदम राखे । सन् २००४ मा ‘सक्सेज’ पत्रिकाले उनलाई बेलायतको सबैभन्दा धनाढ्य एशियाली मूलका व्यक्तिको सूचीमा १९८ औं स्थानमा राखेको थियो । २९ वर्षका राज त्यतिबेला यो सूचीमा समावेश हुने सबैभन्दा युवा व्यक्ति थिए । यसको तीन वर्षपछि सन् २००७ मा उनी आफ्नी जेठी श्रीमतीसँग अलग्गिएका थिए । त्यसपछि उनको भेटघाट शिल्पा शेट्टीसँग भयो जो त्यतिबेला बिग ब्रदर टिभी शोमा भाग लिनका लागि लण्डन पुगेकी थिइन् । उनीहरु क्रमशः नजिकिँदै गए । शिल्पा र कुन्द्राले सन् २००९ नोभेमबरमा भारतमा विवाह गरे र त्यसै वर्ष राज कुन्द्राले आइपीएल टीम राजस्थान रोयल्समा ११.७ प्रतिशतको सेयर खरिद गरे । राज हाल दुई सन्तानका पिता हुन् र शिल्पा शेट्टी फाउन्डेशनको नामबाट एउटा च्यारिटेबल संस्था पनि चलाउँछन् । बीबीसी