Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एनआरएनए अस्ट्रेलियाको तास्मानियाबाट सन्देश समुहको उमेद्वारी घोषणा

Friday, July 16, 2021 National Power

अस्ट्रेलिया – एनआरएनए अस्ट्रेलियाको ३१ जुलाईमा सम्पन्न हुने निर्वाचनका लागि तास्मानिया राज्यबाट ‘सामुदायका लागि प्रतिवद्ध, सधै प्रगतिमा सर्मपित र प्राप्त गर्ने कोसिस’नाराका सहित सन्देश परियारले आफ्नो सुमह सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका छन् ।
हालै आयोजित विशेष भेलाले एनआरएनए तास्मानिया संयोजक सहितका उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । जसमा एनआरएनए एनसिसि संयोजकमा सन्देश परियारको उमेद्वारी रहेको छ भने एनआरएनए एनसिसि सदस्यमा प्रेमप्रसाद धामी (प्रमेज) र कविन कर्मचार्य सदश्य रहेका छन् ।
त्यस्तै यसै समुहबाट एनआरएनए एससिसि उपसंयोजक राज्य टेकनाथ सापकोटा, एनआरएनए एससिसि सचिव प्रदीप पोखरेल, एनआरएनए एससिसि संयुक्तसचिव मुगेन्द्र गौतम, एनआएनए एससिसि कोषाध्यक्ष उमेस सेन्चुरी, एनआएनए एससिसि युवा संयोजक रिवाज राउत क्षेत्री, एनआएनए एससिसि सदश्य सहारा पोखरेल, अर्जुन श्रेष्ठ, प्रमोद भण्डारी, सुमन पराजुली, महेश्वरी नेपाल र सदस्य सुभाष खतिवडा लगायत रहेका छन् ।
नेपाली समुदायलाई अझ सक्षम र सबल बनाउन सबैको एकता र सक्रियताको खाँचो रहेको संयोजक उमेद्वार सन्देश परियाले बताएका छन् ।
संयोजक सन्देश समुहले ६ बुदे कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा एनआएनए समुहलाई ताम्सानियमा दर्ता गर्ने, स्थानिय लाइबेरीमा नेपाली पुस्तक राख्ने र स्थानिय स्कुलमा नेपाली पठनपाठनको ब्यवस्था गर्ने, सामुदायिक भवन तथा नेपाली डिजाइन अनुसारको मन्दिर निर्माण गर्ने, युवा बर्गका लागि स्वस्थ्य तथा खेलकुदका कार्यक्रम, नेपाली कलासंस्कृति प्रवद्र्धन तथा संम्बद्र्धनका लागि फेष्टिभललगायतका कार्यक्रम लगायत रहेका छन् ।
यो समूहका उमेद्वारहरुले संस्थागत रुपमा मात्र नभएर ब्यक्तिगत रुपमा पनि स्थानिय नेपालीहरुका लागि सधै सहयोग र साथ दिदै आएकोले आफ्नो समुहको विजय हुने सदस्य पदका उमेद्वार र दिंदै आएको साथले पनि यो समूह विजय हुने दावी सदस्य उमेद्वार प्रेम प्र। धामीले गरे । उनले आफ्नो समुहको प्रचारप्रसार राम्रो भएको र सबैको प्रिय ब्यक्ति आफ्नो समुदायमा उमेद्वार रहेकोले जित हुनेमा आफ्नो समुह ढुक्क रहेको सुनाए ।