Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

Tuesday, June 22, 2021 National Power

काठमाडौं – सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

बुधबारसम्म तालिका तय गर्ने तयारीमा पर्यटन मन्त्रालय छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।

अब काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरि खुलेको हो ।