Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काभ्रेमा नेपाली काँग्रेसका भातृसंगठनहरुले विरोध प्रदर्शन

Tuesday, February 2, 2021 National Power

बनेपा – नेपाली काँग्रेसका भातृसंगठनहरुले आज काभ्रेमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्धको दोस्रो चरणको आन्दोलनको क्रममा आज काँग्रेस भतृसंगठनहरुले विरोध प्रदर्शन गरेको हो ।

बनेपाको गोदमचोकबाट शुरु भएको जुलुस चारदोबाटो हुँदै तीन दोबाटोमा पुगेर विरोध सभामा परिणत भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी बनेपा आएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले अदालतले जुनसुकै फैसला गरेपनि नेपाली काँग्रेसले मान्ने बताए ।आफ्नो पार्टी भित्रको अन्तरविरोधका कारण संसद विघटन गर्नु दुर्भाग्य भएको उनले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईंले ओलीको कदमका विरोध गरेका थिए ।

कार्यक्रममा नेपाल महिला संघ सभापति शुभ लक्ष्मी मान्नधर , नेपाल तरुण दलका दावा लामा, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश बादे, नेपाल जनजाती संघ रोशन लामा,नेपाल सैनिक संघ इन्द्र बहादुर दाहाल, नेपाल किसान संघ प्रेम बहादुर तिमल्सिना, नेपाल दलित संघ उस्पार सुनार, नेपाल लोकतान्त्रिक अपांग संघ उद्धव कोइराला, नेपाल तामाङ संघ रिम ब. तामाङ, नेपाल मगर संघ केन्द्रिय सदस्य बिष्णु माया पुलामी लगाएतका अन्य नेता गणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।