काठमाडौं- लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कोरोना पुष्टि भएपछि उनी ‘आइसोलेसन’ मा बसेका छन् । यसअघि अर्का खेलाडी थिएगो एलकान्टारलाई पनि संक्रमण पुष्टि भएको थियो ।
मानेले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि लिभरपुलले ३–१ गोल अन्तरले जित हात पारेको खेल खेलेका थिए ।