Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कतिन्जेल पो रहला जिवनमा तुवाँलो भन्दै बजारमा आए डिआर उपाध्याय (भिडियो सहित)

Sunday, September 20, 2020 National Power

लेखकः डा.डीआर उपाध्याय

गीतकार – डा. डिआर उपाध्याय

काठमाडौं- गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ विश्व किर्तीमानी सफल गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । ‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीतको भिडियो सार्वजनिक गरेका छौ, आशा त यहाँहरू सबैको माया पाउने छौ’, निर्देशक माइकलले भन्नुभयो ।

गायक तथा सङ्गीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा सङ्गीत मार्फत उत्कृष्ट सिर्जना स्रोतारदर्शकमाझ पस्किएका छौ भन्दै गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको बताउनुभयो । उहाँले आफ्ना अन्य गीत जस्तै यो गीतले पनि सबैको मायाको आफूले अपेक्षा राखेको बताउनुभयो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको छ । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उहाँका । त्यस्तै उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् ।