Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विवाहपछि अभिनेत्रीसँग ‘अफेयर’मा रहेर श्रीमतीलाई धोका दिएका बलिउड अभिनेता

Saturday, September 12, 2020 National Power

एजेन्सी – बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए ।

आदित्य पंचोली
आदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि आदित्यको सम्बन्ध पूजा बेदीसँग पनि रह्यो । पूजा र आदित्य एक अर्कासँग डेट गर्न सुरु गरे । केही समयपछि ब्रेकअप पनि भयो । त्यसपछि आदित्य पुनः कंगना रनौतसँग प्रेमसम्बन्धमा रहेको चर्चा चल्यो । उनीहरुको सम्बन्धको अन्त्यमा भएको विवाद अझै समय समयमा बल्झिरहन्छ । आदित्यका केही अफेयरका बावजुद पनि उनी पत्नी जरीनाले उनलाई साथ दिइरहेकी छन् ।

राज कपूर
राज कपूरलाई बलिउडमा ‘शोम्यान’ को नामले पनि चिनिन्छ । उनले सन् १९४६ मा कृष्णा मल्होत्रासँग विवाह गरेका थिए । त्यसपछि राजले राजकपूर नरगिस दत्तसँग प्रेम गरे । सुत्रका अनुसार उनीहरु एक अर्कासँग निकै प्रेम गर्थे । भारतीय सिनेमाको इतिहासमा राजकपूर र नरगिसको प्रेमसम्बन्धलाई निकै अमर रहेको छ । नरगिससँग सम्बन्ध टुटेपछि राज निकै दुखी भएका थिए । उनको अफेयरपछि पनि राजकी श्रीमतीले उनलाई स्वीकार गरे ।

अमिताभ बच्चन
अमिताभ बच्चनको नाम आज पनि बलिउडकी सदाबहार सुन्दरी रेखासँग जोडिन्छ । रेखा र अमिताभको प्रेमकहानी थाहा नहुने कमै छन् । रेखा र अमिताभ बच्चनको पहिलो भेट फिल्म ‘दो अंजाने’ को सेटमा भएको थियो । अमिताभले जया बच्चनसँग विवाह गरे । तर अमिताभ रेखाको प्रेमकहानीको चर्चा धेरै छ बलिउडमा । यी दुईले बलिउडमा निकै हिट फिल्म दिएका छन् । फिल्म ‘सिलसिला’ रेखा, अमिताभ र जयाको वास्तविक जीवनमा आधारित भएको पनि बताइन्छ । रेखा र अमिताभको सम्बन्धको बारेमा जानकारीपश्चात पनि जयाले अमिताभलाई स्वीकार गरिन् ।

गोविन्दा
गोविन्दाले सन् १९८७ मा सुनीता आहूजासँग विवाह गरेका थिए । बलिउडमा गोविन्दा र रानी मुखर्जीको जोडी निकै चर्चित थियो । फिल्ममा काम गर्दागर्दै दुवै एकदमै नजिक भए । रानी र गोविन्दाको प्रेम निकै गहिरो हुँदाहुँदै पनि गोविन्दाले रानीसँग ब्रेकअप गरे । यी दुईको भेट फिल्म ‘हद कर दी आपने’ मा भएको थियो ।

शाहरुख खान
रोमान्सका राजा मानिने अभिनेता शाहरुखको विवाह गौरी खानसँग भएको हो । उनीहरुको वैवाहिक जीवन निकै राम्रो चलिरहेको छ । तर फिल्म ‘डन’ को शुटिङसँगसँगै शाहरुख खान र प्रियंका चोपडा एकअर्कासँग निकै नजिक भए । प्रियंकासँग सम्बन्ध भएको थाहा पाएपछि गौरी खानले प्रियंकासँग काम गर्न दिइनन् । र यी दुईले पुनः वैवाहिक जीवनलाई एक साथ अगाडि बढाउन थाले ।