Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

‘वाई श्रेणी’ को सुरक्षा पाएकी कंगनाले भनिन्, ‘न डराउनेछु, न झुक्नेछु, गलतविरुद्ध आवाज उठाउनेछु’

Wednesday, September 9, 2020 National Power

एजेन्सी – कंगना रनौत मंडी (हिमाचल प्रदेश) बाट चंडीगढका लागि प्रस्थान गरिसकेकी छिन् । चंडीगढबाट उनी फ्लाइटमार्फत् मुम्बई पुग्नेछिन् । नायिकाले मुम्बईको तुलना पाकिस्तानको कब्जा रहेको कश्मीरसँग गरेकी थिइन्, जसका कारण विवाद निम्तिएको थियो । कंगना मुम्बईउ पुग्नेबित्तिकै शिवसेनासमेत अन्य थुप्रै पार्टीले विरोध गर्ने निश्चित भएको छ । केन्द्र सरकारले उनलाई वाई श्रेणीको सुरक्षा दिएको छ । यतिबेला उनीसँग ११ सुरक्षाकर्मी सधैं उनको साथमा रहनेछन् ।

मंगलबार नायिकाको कोभिड–१९ स्याम्पलको कुनै नतिजा निकालिएको थिएन जसका कारण मंडीमा स्वास्थ्य विभागमा पुनः स्याम्पल लिनुपर्यो । रिपोर्ट पाएपछि बुधबार कंगना मुम्बई जान पाइन् । कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिनेछ मोदी सरकार, कस्तो सुविधा पाउनेछिन् ?
कंगनाको ट्वीटः

कंगनाले बुधबार बिहानै ट्वीटमा लेखेकी छिन्, ‘रानी लक्ष्मीबाईको साहस, शौर्य र बलिदानलाई मैले फिल्ममार्फत् बाँचेकी छु । दुःखको कुरा यो हो कि मलाई मेरै महाराष्ट्रमा आउन रोकिँदैछ । म रानी लक्ष्मीबाईको पद चिन्हमा हिँड्नका लागि न त डराउनेछु, न नै झुक्नेछु । गलतविरुद्ध म मुखर भएर आवाज उठाइ रहनेछु ।