Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलाले लियो नयाँ मोड !

Wednesday, July 29, 2020 National Power

एजेन्सी -सुशान्त सिंह राजपूतको आत्महत्याको मामिलाले मंगलबार नयाँ मोड लिएको छ । सुशान्तका पिता के.के सिंहले पटनामा एफआईआर दर्ता गराएका  छन् । उक्त एफआइआर रिया चक्रवर्ती, उनकी आमा, पिता, भाइ र दुई म्यानेजरविरुद्ध दर्ता गरिएको छ । सुशान्तका पिताले रियालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएकी छिन् । के.के सिंहले सन् २०१९ सम्म छोरालाई कुनै दिमागी समस्या नभएको र रियाको सम्पर्कमा आएपछि अचानक के भयो भनेर प्रश्न सोधेका छन् । उनका अनुसार जो डाक्टरले सुशान्तको उपचार गरेका थिए, यस्तो लाग्छ, उनी पनि रियाको षड्यन्त्रमा समावेश थिए । यो कुराको पनि अनुसन्धान हुनुपर्ने के।के सिंहले माग राखेका छन् ।

सुशान्तका पिताका सात आरोपः

१. सन् २०१९ अघि मेरो छोरा सुशान्त सिंहलाई कुनै पनि मानसिक समस्या नभएको अवस्थामा रियाको सम्पर्कमा आएपछि अचानक त्यस्तो के भयो रु सुशान्तलाई मानसिक रुपमा ककिन तनावमा पारियो रु यसबो अनुसन्धान गरिनुपर्छ ।

२. उनको मानसिक उपचार चलिरहेको थियो भने हामीसँग कुनै लिखित वा मौखिक अनुमति किन लिइएन रु जब कोही मानसिक रुपमा बिरामी हुन्छ तब उनको सबै अधिकारी उनको परिवारसँग हुन्छ । यसको अनुसन्धान गरियोस् ।

३. जो डाक्टरले रियाले भनेपछि मेरो छोरा सुशान्त सिंहको उपचार गरेका छन्, मलाई लाग्छ, ती डाक्टर पनि रियासँग यो सबै षड्यन्त्रमा समावेश थिए । उनीहरुले के–के उपचार गरेका थिए, के–कस्ता औषधी मेरो छोरालाई दिएका थिए भनेर अनुसन्धान हुनुपर्छ ।

४. जब रियालाई मेरो छोराको मानसिक स्थिती नाजुक भइरहेको छ भन्ने थाहा भयो तब यस्तो हालतमा उनको राम्रो तरिकाले उपचार नगर्नु वा उनको उपचारको सबै कागजपत्र आफूसँग लैजानु र मेरो छोरालाई त्यो नाजुक स्थितीमा एक्लै छोड्नु र उनलाई हरेक तरिकाले सम्पर्क तोड्नु । यी कारणले नै मेरो छोराले आत्महत्या गरेका हुन् ।

५. सुशान्त सिंह फिल्म लाइन छोडेर केरलमा अर्गानिक खेती गर्न चाहन्थे । जब उनका साथी महेश उनीसँग केरल जानका लागि तयार थिए तब रियाले यसको विरोध गरेकी थिएन् । रियाले उनले भनेको नमाने आफूले मिडियामा सबै मेडिकल रिपोर्ट दिने र उनी पागल भइसकेको भनेर घोषणा गरिदिने धम्की पनि दिएकी थिइन् । जब रियालाई सुशान्तले उनको कुनै पनि कुरा नमानेको र उनको ब्यालेन्स पनि कम भइरहेको थाहा भयो तब रियाले सुशान्त उनको लागि अब काम नलाग्ने सोचिन् । त्यसपछि सुशान्तको घरमा बसिरहेकी रिया ल्यापटप, पैसा, गहना, क्रेडिट कार्ड, उपचारका कागजपत्र, पिन नम्बर, पासवर्ड, सबैकुरा लिएर गइन् । यसको अनुसन्धान गरियोस् ।

६. पहिला सुशान्तको अभिनय जगतमा जताततै वाहवाही थियो, रिया आएपछि सुशान्त सिंहले फिल्म पाउन किन एक्कासी कम भयो रु यसको अनुसन्धान गरियोस् ।

७. मेरो छोराको एक बैंक स्टेटमेन्टबाट थाहा हुन्छ कि उनको बैंक खातामा १७ करोड भारु थियो । पछिल्लो १ वर्षमा १५ करोड निकालियो । जुन स्थानमा ती पैसा पठाइएको छ, त्यसमा मेरो छोराको कुनै लेनदेन छैन । मेरो छोराको सबै खातामाथि अनुसन्धान होस् । यी बैंक खाता र क्रेडिट कार्डमार्फत् रियाले आफ्ना परिवार र सहयोगीसँग मिलेर धोकापूर्ण तरिकाले निकालेकी छिन्, त्यसको अनुसन्धान होस् ।

सुशान्तको तीन कम्पनीमध्ये दुईवटामा रिया डायरेक्टर थिइन्ः

सुशान्त आत्महत्या प्रकरणमा मुम्बई पुलिसले रिया चक्रवर्तीसँग दुईपटक सोधपुछ गरेको छ । एकपटक उनीसँग करिब ११ घण्टा सोधपुछ भएको थियो । हालै भएको सोधपुछमा रियाले आर्थिक लेनदेनको जानकारी दिएकी थिइनन् । रियाले पनि यो मामिलामा सिबिआईले अनुसन्धान गर्नुपर्ने भनेर माग गरिसकेकी छिन् । उनले केन्द्रीय मन्त्री अमित शाहसँग यस्तो अपिल गरेकी थिइन् ।

सुशान्तका तीनमध्ये दुई कम्पनीमा रिया डायरेक्टर थिइन् । एक कम्पनीमा रियाका भाइ शोविक चक्रवर्ती एडिशनल डायरेक्टर थिए । तीनै कम्पनीले सुशान्तले आफ्नो कमाईको ठूलो हिस्सा लगानी गरेका थिए । –दैनिक भास्कर