Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोरोना रिपोर्ट नेगिटिभ आएपछि डिस्चार्ज भए ऐश्वर्या र आराध्या

Tuesday, July 28, 2020 National Power

एजेन्सी – बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । नायक अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी ट्विटमार्फत दिएका छन् । अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता मेडिकल स्टाफको निगरानीमा छौं ।’

४६ बर्षिया ऐश्वर्या र ८ बर्षकी आराध्याको जुलाई १२ मा रिपोर्ट पोजिटिभ आएको थियो । तर, लक्षण केही पनि नदेखिएपछि उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । तर, जुलाई १७ मा स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई नानावती अस्पतालमा भर्ना गरिएकबो थियो । उनीहरु, १० दिन अस्पतालमा रहेका थिए । ७७ बर्षका अमिताभ बच्चन र ४४ बर्षका अभिषेक बच्चनमा पनि सामान्य लक्षण देखिएपछि जुलाई ११ मा अस्पताल भर्ना गरिएको थियो ।