Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोलम्बियामा बाढी तथा पहिरोका कारण २५४ जनाको मृत्यु, ४०० घाइते

Sunday, April 2, 2017 National Power

२० चैत, – लगातारको वर्षापछि दक्षिण अमेरिकी देश कोलम्बियामा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या २ सय ५४ पुगेको छ भने चार सय जना जना घाइते भएका छन्।

बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरै बेपत्ता भएको र चार सय  जना घाइते भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा पानीको बहाव उच्च भएको छ भने बाँध फुटेका छन् । बाढी तथा पहिरोका कारण पुटुमायो प्रान्तका धेरै घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । राष्ट्रपति आन म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेको छ । राष्ट्रिय आपतकालिन उद्धार अन्तर्गत सुरक्षाकर्मी खटिएको उनले बताएको छ । उनले प्रभावित क्षेत्रमा राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी घटिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।