Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बनेपा नगरपालिका उपप्रमुखको गाउँमा सहरी स्वास्थ केन्द्रको शिलान्यास

Saturday, June 27, 2020 National Power

बनेपा – काभ्रे (ठुलिचौर) जिल्ला बनेपा नगरपालिका वडा नं ३ ठुलिचौरमा सहरी स्वास्थ केन्द्रको शिलान्यास आज एक कार्यक्रम बिच गरिएको छ ।

सहरी स्वास्थ केन्द्रको शिलान्यास प्रदेश सांसद बसुन्धरा हुमागाईले गर्नुभएको हो। उक्त शिलान्यास कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल , वडा नं ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ , नेकपा जिल्ला कमिटी सदस्य तुलाप्रसाद दाहाल, रामशरण दाहाल, नेपाली काङ्ग्रेस का वडा सभापति योगराज दाहाल , सहरी स्वास्थ प्रमुख सहितको कार्यक्रममा उपस्थिति थियो ।

उक्त कार्यक्रममा बोल्दै वडा नं ३ का वडा अध्यक्ष केपि दाहालले भन्नुभयो `असिमित आवश्यकता लाई सिमित साधन स्रोत को प्रयोग बाट धेरै विकास निर्माण गर्नुपर्ने यो बाध्यात्मक अबस्थामा पनि विभिन्न क्षेत्रमा विकास पहल कदमि अगाडि बढाएको बताउनुभयो ´।

उहाले भन्नुभयो हामी निर्वाचन भएर आउदा वडामा कुनै भौतिक साधन स्रोत थिएनन् हामिले अहिले वडा भवन बनाईरहेका छौ। वडा भवन एक तल्ला बनिसक्यो यो दुई तल्ला ७ कोठाको बनाउने पनि उहाले जानकारी गराउनुभयो। अहिले सहरी स्वास्थ केन्द्र स्थापना गरिरहदा यस वडाका वडा बासिन्दा प्रत्यक्ष लाभान्वित हुने र सामान्य उपचारका लागि अन्यत्र जानू नपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा बसुधरा हुमगाईले स्वास्थ जस्तो कुरामा संवेदनशील भएको र यो सुरुवात हो। हामी यो स्वास्थ्य केन्द्र लाई सुविधा सम्पन्न बनाउने र सामान्य अवस्था सबै खालको स्वास्थ सेवा विस्तार गर्ने पनि बताउनुभयो।

उक्त कार्यक्रम मा बोल्दै वडा नं ३ का अध्यक्ष ले मुख्य बाटो नाला काशिभञ्जाङ तिरतिरे र भिमसेन मार्ग पिच गर्ने प्रदेश सरकार र केन्द्रीय सरकार संग माग गर्ने पनि बताउनु भयो नवनिर्मित सहरी स्वास्थ केन्द्रका अध्यक्ष ले यो स्वास्थ केन्द्र ले वडा नं तीन को गौरवको स्वास्थ केन्द्र हुने र सबैको पहुच हुने बताउनुभयो ।

यसै नवनिर्मित स्वास्थ्य केन्द्र का सचिव कृष्ण गोपाल दाहाले भन्नुथयो २० लाखको बजेट ले अहिले ३ कोठाको सुविधा सम्पन्न स्वास्थ केन्द्र स्थापना हुने र सबैलाई स्वास्थ सेवा उपलब्ध गराउने र हामी स्वास्थ समन्धि सबै सेवा यहि स्वास्थ केन्द्र मा उपलब्ध गराउन पहल गर्ने उहाले राम्रो सन्देश लाई बताउनु भयो ।