Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पाँच जना संक्रमित पछि बनेपामा लकडाउन कडा

Sunday, June 7, 2020 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक 

बनेपा – काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि लकडाउन लाई थप कडा गरिएको छ । काभ्रेको रोसि गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भए पछि बनेपामा ईलाका प्रहरी कार्यालय बनेपाले लकडाउन लाई थप कडाइ गरेको हो ।

जिल्ला पहिलो पटक ५ जनामा कोरोना संक्रमण भए पछि कोरोना भाइरस फैलन नदिन थप कडाइ गरिएको इप्रका बनेपा प्रमुख योगेन्द्र तिमल्सिनाले बताउनु भयो ।

सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गते सम्मका लम्ब्याइसकेको छ। पटक-पटक थपिँदै गएको लकडाउनको अन्त्य कहिले हुने निश्चित छैन।

सरकारले लकडाउन थप्दै गएपछि काभ्रेमा पनि कोरोना संक्रमित भेटे पछि पनि सर्वसाधारणले भने लकडाउनको अवज्ञा गर्न थालेका छन्।

लकडाउनको आज आइतबार ७६ औं दिन बितिसक्दा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन। त्यही भएर लकडाउनको अवज्ञा गर्दै बाहिर निस्कनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

 

आइतबार मात्रै बनेपामा बाइक स्कुटर गरि ६६ वटा , टिपर ४ वटा , ट्याक्टर २ वटा , कार ११ वटा , रिक्सा ३, निसाना २ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको इलाका प्रहरी कार्यलय बनेेेपाका प्रमुख प्र.नि. योगेन्द्र तिमिल्सिनाले बताए

नियन्त्रणमा लिएका ८८ वटा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधन लाई कार्वाही गरि र अब आइन्दा लकडाउन उल्लंघन नगर्न सर्तमा सबै सवारीसाधन लाई जरिवाना लिएर छोडिएको थियो ।