Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोरोना भाइरसलाई रोक्न रेम्डेसिभिर नामको औषधि प्रयोगात्मक रुपमा प्रभावकारिता देखियो

Thursday, April 30, 2020 National Power

एजेन्सी – कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । बुधबार अमेरिकी सरकारी तथा औषधी उत्पादक कम्पनीका अधिकारीहरुले ओषधीले औसतमा कोरोनाभाइरस संक्रमितलाई चार दिन अगाडि नै निको पार्ने देखिएको बताएका हुन् ।

चीनको ऊहानमा पहिलो पटक देखिएको यस भाइरसले हालसम्म २ लाख २४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । यो भाइरसबिरुद्ध कडा परीक्षण पास गर्ने जिलिड साइन्सेसको ‘रेम्डेसिभिर’ पहिलो औषधी हो । स्वास्थ्य अधिकारीहरुले कोरोनाभाइरसको खोप बन्न अझै एक वर्ष टाढा रहेको भनिरहँदा

यस भाइरसको उपचारका लागि औषधी फेला पर्नुले वैश्विक महामारीमा ठूलो प्रभाव पार्ने आशा गरिएको छ ।

रेम्डेसिभिर : के कोभिड–१९ को महामारीमा बरदान बन्ला यो औषधी ?

अमेरिकाको नेशनल इन्सिटिट्युट अफ हेल्थ (एनआईएच) ले विश्वभरका १०६३ जना कोरोनाभाइरस संक्रमितहरुमा रेम्डेसिभिरको प्रयोग र त्यसको प्रयोगबिना यसको परीक्षण गरेको थियो । ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा एनआईएनको नेशनल इन्सिटिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउचीले यो औषधीले संक्रमितको उपचार समयलाई औसतमा ३१ प्रतिशतले कम गर्ने बताए । औसतमा उपचारका लागि १५ दिन लाग्छ । यो औषधी प्रयोग गर्दा संक्रमितहरु ११ दिनमा नै निको हुने बताइएको छ ।

उनले यो ओषधी प्रयोगकर्ताहरुमा मृत्युदर पनि कम भएको जानकारी दिए । यसबारे विस्तृत नतिजा केही समयपछि मेडिकल जर्नलमा प्रकाशित गरिने बताए ।

‘के प्रमाणित भएको छ भने यो औषधिले भाइरसलाई रोक्न सक्छ,’ फाउचीले भने ।

‘रेम्डेसिभिरले उपचारको समयको समय घटाउने कुरा तथ्यांकबाट स्पष्ट देखिएको छ,’ उनले भने ।

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले एक विज्ञप्ति जारी गर्दै क्यालिफोर्नियामा रहेको जिलिड कम्पनीसँग रेम्डेसिभिरलाई बिरामीहरुलाई चाँडोभन्दा चाँडो उपलब्ध गराउन छलफल गरिरहेको जनाएको छ ।

न्युयोर्क टाइम्सका अनुसार एफडीएले रेम्डेसिभिरको आपत्कालिन प्रयोगका लागि अनुमित दिने तयारी गरिरहेको जनाएको छ ।

रेम्डेसिभिरलाई हाम्रो नसाको माध्यमबाट शरीरमा पठाइन्छ । यसलाई भाइरसको आनुवंशिक (जेनेटिक) तत्त्वहरुलाई कपी गर्ने क्षमतालाई अवरोध गर्ने गरी डिजाइन गरिएको छ ।

#अलजजिरा#