Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नागरिकले कर्तव्य र अनुशासनको पालन गरे कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ

Sunday, April 26, 2020 National Power

               लेखक : डा. डीआर उपाध्याय

– कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ४९ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ ।

लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् । विश्वमा नै सङ्क्रमण असाध्यै बढदै गएको छ । झण्डै ४ महिनाको अन्तरालमा २४ लाखभन्दा बढी सङ्क्रमित र डेढ लाखभन्दा बढीको मृत्यु भइसकेको खवर समाचारमा आएका छन् ।

यस रोगबाट बच्न सबैखाले उपायहरु अवलम्बन गरिएको छ । तर, पनि यसको नियन्त्रण हुन सकेको अवस्था छैन । यति बेला अधिकांश मुलुक ‘लकडाउन’मा छन ।

महामारीलाई नियन्त्रण बाहिर जान नदिनका लागि मुख्य बचाउ भनेको लकडाउन नै हो । कडा नाकाबन्दी, व्यापक परीक्षण, हरेक नागरिकले कर्तव्य र अनुशासनको पालन गरे खुकुलो लकडाउनद्वारा पनि यो महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

१ः नाकाबन्दीमा कडाइ गरौं
२ः सामाजिक दूरीमा कडाइ गरौं
३ः परीक्षणमा कडाइ गरौं
४ः जनचेतनामा वृद्धि गरौं
५ः स्वस्थ्य मापदण्डमा कडाइ गरौं
६ घरबाट निस्कनबाट कडाइ गरौं