Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भ्रामक र कपोकल्पित अडियो : नर्भिक अस्पताल

Saturday, March 21, 2020 National Power

काठमाडौं –  नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमित बिरामी कोही पनि फेला नपरेको सो अस्पतालले जनाएको छ । सामाजिक सन्जालमा भाइरल भएको अडियो भ्रामक र कपोकल्पित रहेको अस्पतालको भनाइ छ । यसअघि सामाजिक सन्जालमा नर्भिक अस्पतालमा कोरोनाका बिरामी भेटिएको अफवाह फैलिएको थियो ।

अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले शनिबार विज्ञप्ति जारी गर्दै अफवाह फैलाउनेलाई कडा ‘सामाजिक कारवाही’ गर्न माग गरेका छन् । उनले यसलाई सामाजिक अपराध भनेका छन् ।

मैनालीका अनुसार नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले एकजुट भइ समस्यासँग लड्नुपर्ने बेलामा भ्रम फैलाइएकोप्रति खेद प्रकट गरेका छन् । भ्रामक अडियोबाट अफवाह फैलाउने व्यक्तिबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।