Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ट्रम्पले भने– इराकमा मानवीय क्षति भएको छैन, आक्रमणले इरान तल पर्‍यो

Thursday, January 9, 2020 National Power

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रामणबाट मानवीय क्षति नभएको दाबी गरेका छन् । साथै उनले इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको टिप्पणी पनि गरेका छन् । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । जसमा ८० अमेरिकी सैनिक मारिएको दाबी इरानको थियो ।

तर, ट्रम्पले इरानले गरेको दाबीको खण्डन गर्दै घटनामा कुनै पनि मानवीय क्षति नभएको बताएका छन् । ह्वाइट हाउसबाट एक भिडियो सन्देश जारी गर्दै उनले कुनै पनि मानवीय क्षति नभएको दाबी गरेका हुन् । ट्रम्पले अमेरिकी सेनालाई आवास दिइरहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर इरान तल परेको टिप्पणीसमेत गरेका छन् । उनले भिडियो सन्देशमा भनेका छन्, ‘इरानको आक्रमणबाट अमेरिकी वा इराकी कसैको पनि ज्यान गएको थिएन, यो आक्रामणले इरान आफैं तल परेको छ ।’