काडमाण्डौ – विशेषत नेपाली चाडपर्वहरुमा प्रयोग हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरु आधुनिकताका नाममा भड्किलो वन्दै गैरहेको अवस्थामा यस्ता किसिमका साँस्कृतिक कार्यक्रमहरुले नेपाली मौलिक वाजा, गीतहरुको संरक्षणमा योगदान युर्याएको विश्वास गर्न सकिन्छ । यो भिडियो सार्वजानिक गर्नुको मुल उदेश्य भनेको हाम्रा लोप हुँदै गरेका मौलिक सँस्कृतिको जर्गेना गर्नुको साथै भावी पुस्तालाई मौलिकताको वारेमा जानकारी गराउनु पनि हो । विशेषत यस्ता किसिमका गीत संगीत र सँस्कृतिको प्रयोग नेपाल भरिनै रहेपनि काठमाण्डौ लगायत काँठ क्षेत्रमा यसको प्रचलन बढि रहेको पाईन्छ ।