Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गीतकार थापालाई “World Book of Record” द्धारा सम्मान

Tuesday, July 23, 2019 National Power

काठमाडौँ – काठमाडौँ को जमल स्थित रास्ट्रिय नाचघरमा एआयोजित एक कार्यक्रमका विच
बरिष्ठ गीतकार बी.बी थापालाई सम्मान गरिएको छ । । एकै दिनमा सबै भन्दा धेरै एल्बम विमोचन गरेका रचनाकार थापालाई “World Book of Record” ले सम्मान गरेको हो ।

२०७६ जेठ १९ गतेका दिन थापाले २७ वटा एल्बम एकै साथ विमोचन गरि बिश्व क्रितिमानीराखेका थिए । “World Book of Record” सम्मान कार्यक्रममा सांगीतिक क्षेत्रको जिउदो इतिहास भनेर चिनिने रत्न शम्सेर थापा , बरिष्ठ साहित्यकार पारु लम्साल, लगाएत सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्व लगाएतको सहभागीता थियो । कार्यक्रममा एन. एस. के. ब्याण्डले सङ्गीत प्रस्तुति समेत दिएका थिए ।

“आफुले “World Book of Record” राख्न कलम चलाएको नभई काम गर्दै जाँदा “World Book of Record” मा नयाँ कीर्तिमान कायम रहन गएको वताएका छन् । थापा विगत चार दशक भन्दा लामो समय देखी सांगीतिक क्षेत्रमा सक्रिय रहेका गीतकार हुन् ।