Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु

Monday, June 17, 2019 National Power

काठमाडौं – नेपालको मोडलिब सम्बन्धी सबैभन्दा प्रतिष्ठित प्रतियोगिता । मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले मोडल हन्ट नेपाल २०१९’को आवेदन खुल्ला भएको जनाएको हो । प्रिपिएर फर इनिसियसन’ अर्थात । सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवायुवतीहरुलाई
अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिब सम्बन्धि बिभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको छ ।

पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले ३०० बढी युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । मोडल हन्ट’ इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका बिभिन्न मुलुकमा संचालन हँुदै आएको उत्कृष्ट प्रतियोगिता हो । बिगत ५ बर्षदेखि नेपालमा पनि यो प्रतियोगीता आयोजना हुँदै आएको छ । मोडल हन्ट नेपाल २०१९’मा भारतका चर्चित फेसन
कोरियोग्राफर अभिमन्यु सिंह तमोर समेत आवद्ध भएका छन् ।
ल्याक्मे फेसन विक लन्चप्याड, एशियन फेसन अवार्ड, एसिया डिजाइनर विक, एसिया लाइफ स्टाइल विक, दुवई फेसन शो लगायत दर्जनौ अन्तराष्ट्रिय प्रतियोगिताका मुख्य कोरियोग्राफर भएर काम गर्दै आएका तमोर यो प्रतियोगिताको यस बर्षका मुख्य प्रशिक्षक पनि हुन् ।

नेपाली प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफरको उपस्थितीले नेपालका मोडललाई अन्तराष्ट्रिय बजारको बिस्तार एबं नेपाली मोडलले उत्कृष्ट प्रशिक्षण प्राप्त गर्न मद्दत पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रष्ट पारिन् । जुन २२ देखि प्रारम्भिक अडिसन सुरु हुने प्रतियोगिता १७
अगष्टमा पुगेर सकिने छ । प्रतियोगितामा सहभागिताका लागि नेक्स्ट मोडल नेपालको केन्द्रीय कार्यलय टेकु ( अटोल्याण्ड भवन) अथवा आधिकारीक वेभ साइट (www.nextmodelsnepal.com ) बाट समेत आवेदन भर्न सकिनेछ । प्रतियोगिताका जेताले लब्जरी ब्राण्ड मोडल अवार्ड कोरिया, पुने फेसन विक, मिस्टर ओसियन, सुपर मोडल ग्लोव जस्ता उत्कृष्ट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन र मोडलिब क्षेत्रमा समेत आयोजकले अवसर प्रदान गर्नेछ । नेपालकै पहिलो फेसन भीसम्म अनुबन्धित भएको यो प्रतियोगीमा १६ देखि २८ बर्षसम्मका युवायुवतीले सहभागीता जनाउन सक्नेछन् । प्रतियोगीतामा सहभागतिाका लागि युवाका लागि ५ फिट ८ इन्ट र युवतीका लागि ५ फिट २ इन्च कम्तिमा पनि हाइट हुनपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।