Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सुरेन्द्र गिरी का “चल्यो बतास” बजारमा (भिडियो सहित)

Friday, April 12, 2019 National Power

२९ , चैत / काभ्रेपलान्चोक – बनेपा नेपाली लोकदोहोरी गीतमा अर्को एक आश लाग्दो गीत “चल्यो बतास” लिएर सुरेन्द्र गिरी आएका छन ।
सुसेली म्युजिक प्रा।लि।ले प्रस्तुत गरेको गीतमा स्वर सुरेन्द्र गिरी र सपना थापा को रहेको छ । लोक दोहोरी मार्फत युवा पुस्ताका केटा र केटी बिचको माया प्रेम भाव प्रस्तुत गरिएको छ ।
शब्द शितलराज गिरी र सुरेन्द्र गिरी तथा संगीत शितलराज गिरी को रहेको उक्त गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् । शंकरा डिजिटल स्टुडियोमा गीत रेर्कड गरिएको हो ।
बिक्रम गिरी र रोशनी खड्का को अभिनय रहेको चल्यो बतासको म्युजिक भिडियोको निर्देशन स्वंयम सुरेन्द्र गिरी र नविन विरही श्रेष्ठ ले गरेका छन् भने नृत्य निर्देशन दिलिप राइ को रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन महेश महरा , भने सम्पादन चेतन सागरको रहेको छ ।
गीतको म्युजिक भिडियो डि।ए।आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आम दर्शक तथा स्रोता माझ प्रस्तुत गरिएको छ ।
गितको भिडियो हेर्नको लागि तलको लिङ्कमा हेर्नुहोस । https://www.youtube.com/watch?v=SKB1_3M8QtE&feature=youtu.be&fbclid=IwAR0X0CwUCsYcuesbnTG8Cmfp8rG_88lpJ3NwrxEudbbQduyoTliGnayd08M