Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भारतमा दाइले बलात्कार गरे, भाइले आँखा फुटाइदिए

Friday, March 17, 2017 National Power

४ चैत भारत – भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा युवतीको बलात्कार भएको र बलात्कार गर्नेका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएको घटना सार्बजनिक भएको छ ।

बिहान घरबाट करिब १ सय मिटर टाढा शौचका लागि गएको बेला घटना उन्नावको बलदेव खेडा गाउँमा १९ वर्षकी युवतीलाई एक युवकले बलात्कार गरेका थिए । यो घटना निकै गम्भीर छ र आरोपीहरुलाई छिट्टै पक्रेर कडा सजाय दिलाइनेछ, उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई जानकारी दिदै भनेका थिए ।

प्रहरीका अनुसार यी युवती यसअघि १५ मई सन् २०१५ मा आफ्नो घर छेउँमा चौपाया चराइरहेको बेला पनि बलात्कृत भएकी थिइन् । त्यतिबेला छिमेकी जोधाखेडा गाउँका दुई व्यक्ति मुन्ना र मतईले उनलाई सामूहिक बलात्कार गरे । पीडित युवती उन्नावको एक कलेजमा स्नातक तह अध्ययनरत छात्रा हुन् र उनको बुवा एक सामान्य किसान हुन् ।