Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दुखद खबर काभ्रेको संखुमा बस दुर्घटना २७ घाईते

Wednesday, January 23, 2019 National Power

माघ ,९ / काभ्रेपलान्चोक – बनेपा काभ्रेको पनौती नगरपालिका ९ संखुमा बुधबार दिउँसो बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको स्थानीय नमराज सापकोटाले जानकारी दिए।

उनका अनुसार बसमा सवार २७ जना घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बसमा ४० यात्रु सवार रहेका थिए। बस चिफ्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।