Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन गगन थापाको माग

Thursday, December 13, 2018 National Power

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै आक्रोस पोखेका छन् । साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् । फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ । तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा गर्‍यो भन्दै प्रश्न उठाएका छन् । बरु उक्त दिन दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण गराएका छन् । शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको उनको भनाइ छ ।

‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यो आफैंमा झुटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’ यसले
एकनाथ ढकालले ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुन लाई’ सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको दाबीप्रतिसमेत आपत्ति जनाउँदै यसले नेपाली जनताको अपमान गरेको बताएका छन् ।

यूनिभर्सल पिस फेडरेसनले नेपालको मौलिकता र संस्कृतिमा हस्तक्षेप गर्दै संविधानको बर्जित कार्य गरेकाले अबिलम्ब यसलाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले अन्य धार्मिक संस्थाहरुले पनि फेडरेसनको सिको गरेर गतिविधि सञ्चालन गर्न सक्ने भन्दै त्यस्ता संस्थाप्रति कारबाही गर्न माग गरेका छन् ।