Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बर्डफ्लु देखिएपछि जिल्लामा कुखुराको आयात निर्यातमा प्रतिवन्ध

Wednesday, March 8, 2017 National Power

 

 


२५ फागुन, पर्वत । बर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पंंक्षी तथा पंक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो ।केही समय अघि कास्कीको पोखरामा बर्डफ्लु रोग देखिएको थियो ।

जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको छ। दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा. सुधीर थापाले बताए ।

‘सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिए पनि मङ्गलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको छ, थापाले भने, ‘धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा कुखुरा जाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको छ ।’

धौलागिरि, पर्वतलगायत बागलुङ र म्याग्दी जिल्लामा रहेका पोल्ट्री फार्म तथा मासु व्यवसायीले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा, चल्ला र दाना ल्याउने गरेका छन् । प्रायजसो पोखरा बागलुङ राजमार्ग हुँदै कुखुरा आयात हुने गरेपनि केही व्यवसायीले बुटवल हुँदै बागलुङको बुर्तिवाङबाट कुखुरा भित्र्याएको जानकारी पाएपछि अहिले पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा समेत कर्मचारी परिचालन गरिएको जानकारी डा. थापाले गराएका छन्।
धौलागिरिमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कुखुरा भित्रिने गरेको बताइन्छ । धौलागिरिका तीनवटै जिल्लामा मासुका लागि स्थानीय कुखुरा पर्याप्त भएपनि केही व्यवसायीले सस्तो हुनाले बाह्य जिल्लाबाट आयात गर्ने गरेका हुन् ।