Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बलत्कारीको लिंग काट्ने कानुन वनाएमा बलत्कारका घटनाहरुमा कमी आउन सक्छन् : पूर्व कानुन मन्त्री (भिडियो अन्तवार्ता सहित)

Tuesday, September 18, 2018 National Power

काठमाण्डौ – नेपालमा फाँसीको कानुन बनाउन त सकिदैन तर निर्मला पन्त जस्ता निर्दोष माथि जघन्य अपराध गर्ने बलत्कारी हत्याराहरुलाई मृत्युपर्यन्त जेल सजाए भएता पनि अव भने त्यस कानुनको साथमा बलत्कारीको लिङ्ग काट्ने सम्मको कानुन बनाउनु पर्ने पूर्व कानुन मन्त्री एवं नेकपाका सांसद शेर बहादुर तामाङले बताए ।


नेशनल पावर न्युज संग कुरा गर्दै पुर्व कानुन मन्त्री शेरबहादुर तामाङले पुरुष जातले महिला प्रति हेरिने गलत नजरबाट बचाउन पुरुषको पुरुषत्तो नै फाल्ने कानुन बनाउन सके बलात्कारका घटनामा कमी आउन सक्ने बताए ।

निर्मला हत्याकाण्डलाई अझ छोप्ने र प्रमाणहर नष्ट गर्ने कार्य भएका छन् । ति बलत्कारका अपराधिहरु त एक दिन एक दिन कानुनको फन्दामा पर्लान नै तर प्रमाणलाई लुकाउन र नष्ट गर्न गर्न खो्ज्नेहरुलाई समेत कानुनी दायरामा ल्याएर कडा भन्दा कडा सजाय दिनै पर्छ । प्रहरीको मातहतका अंग र निकायहरुले तदारुकताका साथ खटाईएको व्यक्तिले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने हो त्यो नभएको अवस्था रहेको छ, यसले गर्दा अहिलेको सरकारमाथि नै प्रश्न चिन्ह उठ्ने गरेको छ ।

कन्चनपुर घटनालाई अहिले सम्म पनि सुल्झाउन नसक्नुमा प्रहरी प्रशासन लगायतका न्यायिक अंगहरुले तत्परता नदेखाउनु नै हो, अपराधिका लागि कानुनी सजयाको व्यवस्था भए पनि कानुनको पालना नगर्नाले अपराधहरु हुने र अपराधिले उन्मुक्ति पाउने गरेका छन् ।