Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जापान तिमी साच्चै महान छौ ।

Tuesday, June 19, 2018 National Power

विष्णु रोकाया

जापान आएको धेरै भएको छैन । जापान आएदेखी नयाँ ठाउ नयाँ परिवेश र वतावरणका कारण वसोवास स्थल बाट धेरै टाढाको यात्रा गरिएको थिएन । भासापनी खासै नबनेकोले टाढाको यात्रा सम्भव थिएन । आउँदा वित्तिकै कलेजको पढाई सुरु भयो । एकमहिना पछि काम पनि सुरु भयो । समय संगै हिंड्न सकिएन भने जापानमा धेरै पछि परिन्छ भन्ने अनुभव हुँदै गयो । त्यसैले समयको गतिसङ्गै जिवनको गतिपनी कुदाउनु पर्ने । यस्तै कारणले कतै टाढाको यात्रा गर्ने अवसर मिलेको थियन ।

आज अलिकति समय निकालेर जापानको धेरै चचा र विश्वको यौटा केन्द्रविन्दु भदा पनि फरक नपर्ला जापानको नागासाकी घुम्न जाने निणय भयो । साथिहरु सङग नागासाकी पिस पार्क घुम्न जाने तय भयो ।पहिला नागासाकिको बारेमा धेरै सुनेको थिए तर सुनेको कुरा १ र आफ्नै आखाले देखेको कुरा केही फरक पक्कै हुन्छ । १९४५ तिर जुन बेला विश्वका शक्तिशाली देशहरु एक अर्का विरुद्ध लडाइँ गर्दै थिए र विभिन्न कित्तामा बाढियका थिए । शक्तिशाली राष्ट्रहरुबिच आफ्नो ठुलो घमण्ड थियोे र एक अर्कालाई देखिसहने अवस्था थिएन । यसै दोस्रो विश्वयुद्दको बेला अमेरिकाले जापानको नागासाकिमा ठुलो आणविक बम खसाल्यो जसले विश्व स्तब्ध र आक्रोशित बनायो ।

आणविक बमका कारण कम्तीमा ७५ हजार भन्दा बढीको ज्यान गयो । त्यतिनै घाइते भए र भौतिक सँरचना पुरै धोस्त हुनुको साथै नागासाकी तहसनहस हुन पुग्यो । यो सङ्गै दोस्रो विश्व युद्ध पनि समाप्ती भयो । जापानपुरै स्तब्ध भयो यो घटनाले गर्दा । अब प्रसङ्गलाई अलिकति मोडन् चाहान्छु । जब मैले जापा्न आउने निणय गरे र नागासाकिमा भिसाको लागि प्रक्रिया अगाडि बढाय त्यसपछी मेरो ध्यान नागासाकिको बारेमा जान थाल्यो । धेरै अध्यन पनि गरे साथै युटुब मार्फत धेरै भिदियो पनि हेरे । जब मैले नागासकिमा बम खसेको भिडियो हेरे मरो मन अलि त्रसित भयो । कता कता मनमा डर पनि लाग्यो । विश्व युद्दले तहस नहस भएका ती तस्बिर र भिडियो हेर्दा मेरो मनमा खुल्दुली पनि पस्यो । एउटा बिरुवा पनि नौउम्रन सक्ने गरि तहसनहस भएको ठाउ कस्तो होला ।

अहिले पनि त्यस्तै होलाकी केही फेरियो होला भनेर मेरो मनमा अनेक प्रस्न खेल्न थाले । अनि अमेरिकाले यति तहसनहस गर्दा गर्दै जापान किन चुप लागेर बस्यो होला भनेर । अन्तिममा भिसा आयो र नागासाकी नै पुगियो । यहाँ आयको दुइ महिना पछि त्यो ठाउ आफ्नै आखाले अबलोकन गर्ने अबसर पनि मिल्यो । जब म आणविक बम खसालियको ठाउमा पुगे र त्यो ठाउ अबलोकन गरे अनि मेरो मनमा जापान प्रतिको एउटा धारण बन्यो जापान तिमी साच्चै महान छौ । सबै भ्रमण गर्दा मलाई लाग्यो कि यो ठाउ बम हानेको होइन यो प्रकृतिले मानवका लागि ज्युदै हेर्ने स्वर्ग बनायको जस्तो लाग्यो । विकास र समृद्धिको चुलिमा पुग्न र त्यो ठालाई एक स्वर्गको टुत्रmा बनाउन जापानले कति मेहनत गर्यो होला ।

अनि घुम्दै जादा अर्को धारण बन्यो जापानले आफ्नो दुस्मनलाइ दुस्मनी गरेर होइनकी उसले गरेको गल्तीलाई गल्ती भएछ भनी महसुस गराउने गरि विकास गरेको रहेछ । आज जापान बिश्वको एक मेहनेती,इमानदार र सम्बृद्द देशको रुपमा चिनिन्छ । अनित्यतिमात्र होइन आज जापानको उत्पादन गरेका सामान हरु अमेरिकाको ह्वााईट हाउसमा प्रयोग हुदैछन । जापान र यहाँका नागरिकले दुस्मनलाइ दुस्मनी बाट होइन शान्तिपूर्ण र सिर्जनात्मक ढंगबाट गल्तिको महसुस गराउने गरि जबाफ दिएको छ । यसबाट हामी आम नेपालीले पनि धेरै कुरा सिक्न सक्छौ । यो हाम्रो लागि एउटा राम्रो शिक्षापनि हो । ए जापान म तिम्रो देशबाट खुसी छु किनकि तिमिले अपनाएको समृद्धि र बिकासको बाटो उदाहरणिय र प्रशंसनिय छ ।

यो तिम्रो मेहनत र इमान्दारीताको फल हो । तिम्रो बिकास ,तिमिले नागरिकलाई सिकाएको शिक्षा , तिमिले बुझेको समयको महत्व र महत्वपूर्ण इमान्दारीताले मलाइ जिबनको जोति खोलिएको छ । साच्चै जापान तिमी महान छौ । उहिलेको नागासाकी र अहिलेको नागासाकी बीच मुल्यांकन गर्दा अहिलेको जेनेरेसनले पत्याउन पनि गारो छ । नेपालामा एउता बातो भात्किदा वा पुल भत्किदा दसौं बर्ष लाग्छ बन्न बनेपनी एकथाउबाट बनाउदै गर्दा अर्को ठाउ बाट भत्किन सुरु गर्छ तर यहाका भौतिक सम्रचना निक्कै बलिया र दृघकालिन बनाइयका हुन्छन् । जुन काब बन्छ वा निर्माण हुन्छ त्यो राम्रो सङग बनाइयको हुन्छ ।

अनि त्यो संरचना भौगोलिक,पर्यावरणिय दृस्ठिकोण का साथै भबिस्यको पनि ख्याल गर्दै निर्माण गरियका छन । यदि दुइ देसबिच प्रबिधि र सीप हस्तान्तरण गर्न सकियो भने र नेपालमा दक्ष जनशक्ति उत्पादन गरि यसको सहि सदुपयोग गर्न सकिएमा नेपालपनि स्वर्गको टुत्रा बन्न सक्छ ।