Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ब्राजिललाई रोक्यो स्वीट्जरल्याण्डले, नेयमारले गर्न सकेनन् गोल

Monday, June 18, 2018 National Power

४ असार, काठमाडौं – ब्राजिल र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आइतबार राति पौने १२ बजेबाट भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डले १—१ को बराबरी खेलेर अंक बाँडेका छन् ।खेलको पहिलो हाफमा ब्राजिलले १ गोलको अग्रता लिएको भएपनि ५० औं मिनेटमा स्टेभन जुबेरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ब्राजिलका लागि फिलिप्पे कुटिन्होले २० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।खेलमा स्वीट्जरल्याण्डका तीन खेलाडीले पहेँलो कार्ड पाएका छन् । भने ब्राजिल एकले पहेँलो कार्ड पाएका छन् ।

सर्वाधिक ५ पटकको विश्वकप विजेता ब्राजिल आफ्नो पहिलो खेलमा बराबरी खेलेको हो । दुबै टिमले गोल गर्ने निकै शुन्दर मौका पाइएको भएपनि जितका लागि निर्णायक गोल गर्न सकेनन् ।अहिलेसम्म ८ पटक भएको प्रतिस्पर्धामा ब्राजिल तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ ।

तीन खेलमा बराबरी भएको छ । ब्राजिल र स्विट्जरल्याण्ड विच पहिलो भेट विश्वकपमा सन् १९५० मा ब्राजिलले आयोजना गरेको बिश्वकपमा भएको थियो । यो विश्वकपमा ब्राजिल र स्विट्जरल्याण्डविचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो ।