Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ब्राजिललाई रोक्यो स्वीट्जरल्याण्डले, नेयमारले गर्न सकेनन् गोल

Monday, June 18, 2018 National Power

४ असार, काठमाडौं – ब्राजिल र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आइतबार राति पौने १२ बजेबाट भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डले १—१ को बराबरी खेलेर अंक बाँडेका छन् ।खेलको पहिलो हाफमा ब्राजिलले १ गोलको अग्रता लिएको भएपनि ५० औं मिनेटमा स्टेभन जुबेरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ब्राजिलका लागि फिलिप्पे कुटिन्होले २० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।खेलमा स्वीट्जरल्याण्डका तीन खेलाडीले पहेँलो कार्ड पाएका छन् । भने ब्राजिल एकले पहेँलो कार्ड पाएका छन् ।

सर्वाधिक ५ पटकको विश्वकप विजेता ब्राजिल आफ्नो पहिलो खेलमा बराबरी खेलेको हो । दुबै टिमले गोल गर्ने निकै शुन्दर मौका पाइएको भएपनि जितका लागि निर्णायक गोल गर्न सकेनन् ।अहिलेसम्म ८ पटक भएको प्रतिस्पर्धामा ब्राजिल तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ ।

तीन खेलमा बराबरी भएको छ । ब्राजिल र स्विट्जरल्याण्ड विच पहिलो भेट विश्वकपमा सन् १९५० मा ब्राजिलले आयोजना गरेको बिश्वकपमा भएको थियो । यो विश्वकपमा ब्राजिल र स्विट्जरल्याण्डविचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो ।