Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

ट्राफिक अपडेट

Friday, May 25, 2018 National Power

११ जेठ,काठमाडौँ -चितवनको राप्ती नगरपालिका ११ थाकलटारमा गएराती ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानिय ६३ वर्षिय हरिलाल स्याङतान रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । ट्याक्टरमै सवार स्थानिय ३५ वर्षिय उन बहादुर स्याङतान र ५५ वर्षिय शम्शेर बहादुर स्याङतान भने घाईते भएका हुन् । घाईते दुबैको जिल्ला अस्पताल भरतपुरमा उपचार भैरहेको छ । गएराती पौने १० बजे ना ६ त १९५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालककोे खोजी भैरहेको ईलाका प्रहरी कार्यलय भण्डाराले जनाएको छ ।

सुनसरीको देवानगन्ज गाँउपालिका ३ मा पनि गएराती ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ३५ वर्षिय विनोद मेहेता रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका अर्का स्थानीय २६ वर्षिय सन्तोष मेहेताको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गएराती साढे ९ बजे खेत जोतेर फर्किने क्रममा को २ त ६७५३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटना पश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको छ ।