Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

डिआइजी रमेश खरेलले दिए राजीनामा

Thursday, April 12, 2018 National Power

२९ चैत,काठमाडौं-डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई बधाई दिँदै प्रहरी सेवाबाट आफूले राजीनामा दिएको घोषणा गरेका छन्।

राजीनामा दिएको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्,‘ नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदीबहिनीप्रति आभार व्यक्त गर्न चाहन्छु । जय नेपाल ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी खनाललाई आइजिपीमा बढुवा गरेको थियो । प्रहरी प्रमुखमा खनाल नियुक्त भएसँगै खरेलले राजीनामा दिने निर्णय गरेका हुन्। प्रहरी प्रमुखका लागि खरेलसँगै खनाल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए।