Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

शिव र मनमायाको साथमा ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक

Wednesday, August 13, 2025 National Power

काठमाण्डौ – तीजको रमाइलो माहोलसँगै कलाकार मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । गीतमा मौलिक संस्कृति, वैदेशिक रोजगारीको पीडा, गाउँ–शहरको दूरी र चेलीको माइतीप्रतिको मायालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ ।
शब्द र स्वर मनमाया पंगेनीकै रहेको यस गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन्। भिडियोलाई पनि मनमोहक बनाइएको छ, जहाँ पंगेनी र नेपाल टेलिभिजनका क्यामेरापर्सन समेत रहेका शिव पंगेनीको अभिनयले कथालाई जीवन्त पारेको छ ।
मनमाया पंगेनी यसअघि पनि ‘तिम्रो मायाको सागर’, ‘मेरा सबै खुसी लग्यो’, ‘स्वर्गजस्तो यो धर्तीलाई’, ‘सप्तरङ्गी फूल हौ तिमी’जस्ता चर्चित गीतहरूबाट श्रोताको मन जितिसकेकी छिन् ।