Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

शिव र मनमायाको साथमा ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक

Wednesday, August 13, 2025 National Power

काठमाण्डौ – तीजको रमाइलो माहोलसँगै कलाकार मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ सहर’ सार्वजनिक भएको छ । गीतमा मौलिक संस्कृति, वैदेशिक रोजगारीको पीडा, गाउँ–शहरको दूरी र चेलीको माइतीप्रतिको मायालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ ।
शब्द र स्वर मनमाया पंगेनीकै रहेको यस गीतमा संगीत दीपकराज विश्वकर्माले भरेका छन्। भिडियोलाई पनि मनमोहक बनाइएको छ, जहाँ पंगेनी र नेपाल टेलिभिजनका क्यामेरापर्सन समेत रहेका शिव पंगेनीको अभिनयले कथालाई जीवन्त पारेको छ ।
मनमाया पंगेनी यसअघि पनि ‘तिम्रो मायाको सागर’, ‘मेरा सबै खुसी लग्यो’, ‘स्वर्गजस्तो यो धर्तीलाई’, ‘सप्तरङ्गी फूल हौ तिमी’जस्ता चर्चित गीतहरूबाट श्रोताको मन जितिसकेकी छिन् ।