Monday 2nd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘दृश्यमा कोशी श्रृंखला–१’ मार्फत कोशीको सांस्कृतिक ऐना : सात विशिष्ट व्यक्तित्वलाई राष्ट्रिय सम्मान

Friday, July 25, 2025 National Power

काठमाडौं-‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नारासहित आयोजित ‘दृश्यमा कोशी प्रदेश श्रृंखला–१’ कार्यक्रमले कोशी प्रदेशको सांस्कृतिक र पर्यटकीय विविधतालाई दृश्यात्मक भाषामा उतार्दै, नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा नयाँ आयाम थपेको छ।

एभरेष्ट ग्यालरीको प्रस्तुतिमा नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा सम्पन्न यस विशेष कार्यक्रममा सातजना विशिष्ट व्यक्तित्वहरूलाई राष्ट्रिय सम्मान प्रदान गरियो। नेपाली गीत–संगीत, साहित्य, सञ्चार, समाजसेवा र पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सर्जक, कलाकार र अग्रणी व्यक्तित्वहरूलाई ‘एभरेष्ट राष्ट्रिय सम्मान २०८२’ द्वारा सम्मान गरिएको हो।

सम्मान प्राप्त गर्नेमा वरिष्ठ संगीतकर्मी राजकुमार बगर, अनुसन्धानकर्ता तथा संगीत निर्देशक बुलु मुकारुङ, गायकरसर्जक शम्भु राई, गीतकार टेक तामाङ र हेमराज तामाङ, समाजसेवी बन्दी निमा शेर्पा र सञ्चारकर्मी प्रकाश सुवेदी रहेका छन्। सम्मानको क्रममा उनीहरूका योगदानहरूलाई स्मरणीय र प्रेरणादायी भन्दै भावपूर्ण कदर गरिएको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डे, पुर्वमन्त्री माननीय सुदन किराँती, कोशी प्रदेशका माननीय मन्त्री, सांसदज्युहरु एभरेष्ट ग्यालरी नेपालका संरक्षक माधव राज खरेल र संयोजक सनम कठायतले संयुक्त रूपमा सम्मान हस्तान्तरण गरेका थिए।

‘दृश्यमा नेपाल’ अभियान अन्तर्गत निर्माण गरिएको यो श्रृंखलाले कोशी प्रदेशको सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य, जातीय विविधता र पर्यटन सम्भावनालाई म्युजिक भिडियोहरु तथा सर्ट डकुमेन्ट्रि क्लीप्समार्फत उजागर गरेको छ।

सोही अवसरमा कोशीका विभिन्न रमाणीय स्थलहरुमा छायाँकन गरिएका म्युजिक भिडियोहरुमा कार्यरत कलाकार तथा प्राविधिकहरुलाई समेत कदर पत्र प्रदान गरिएको थियो