काठमाडौं-रानु निरौला र महेश मुखिया सुनुवारको स्वरमा रहेको लोकदोहोरी गीत ‘चोली ढाकाको’ सार्वजनिक भएको छ । सहदेव कालीकोटेको शब्द रचना, महेशकै संगीत र आदेश गुर्मछानले संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियामा विजय पुन र रमाला लिम्बुको अभिनय छ । गीतको भिडियोलाई गीतजस्तै नृत्य प्रधान बनाइएको छ । सूर्य ओलीले निर्माण नियन्त्रण गरेको यो गीतको भिडियोमा महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफर, समीर राईको भिडियो निर्माण व्यवस्थापन, अर्जुन खड्काको दृश्य सम्पादन तथा रंग संयोजन छ । गीतको भिडियोलाई मेला डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।