Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

Friday, July 18, 2025 National Power

काठमाडौं –  काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको नयाँ होटल उद्घाटन भएको छ । सोमबार उक्त होटलको उद्घाटन भएको हो । उक्त उद्घाटन समारोहमा महानायक राजेश हमालले यस होटलमा सबै सुविधाहरु एकै ठाँउमा उपलब्ध भएको भन्दै यसको सफलताको लागि शुभकामना दिएका छन् ।

उनले भने, ‘धेरै लामो समयको अनुभवले यो होटल खोलिएको छ । यस होटलमा सबै सुविधाहरु उपलब्ध छन् । यसको सफलताको लागि शुभकामना दिन चाहान्छु ।’ सोही क्रममा नेपाली चलचित्रका चर्चित कलाकार राजाराम पौडेलले पनि नयाँ होटल एकदमै राम्रो लागेको भन्दै यो ठाँउ सुटिङ्को लागि राम्रो हुने जस्तो देखेको पनि बताए ।

उनले भने, ‘आजबाट स्मार्ट होटल सञ्चालनमा आएको छ । एकदमै राम्रो लाग्यो यो होटल, त्यसले गर्दा एकदमै राम्रो तरिकाले चल्छ जस्तो लागेको छ । यो ठाँउ सुटिङ्को लागि राम्रो हुन्छ पनि जस्तो लागेको छ ।’