Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !

Friday, July 18, 2025 National Power

काठमाडौं – स्टारकास्टले भरिपूर्ण चलचित्र ‘विजयपथ’बाट नेपाली रजतपटमा पाइला चालेकी अभिनेत्री हुन् पवित्रा आचार्य । डेब्यू फिल्ममा नै निखिल उप्रेती, सुशील क्षेत्री, सञ्चिता लुइँटेलजस्ता स्टारकास्टसँग सहकार्य गर्ने अबसर पाएकी आचार्य त्यसयता अभिनयसँगसँगै अन्य विधामा पनि निरन्तर सकृय छिन् ।

आचार्यले पहिलो चलचित्रको सफलतापछि महानायकको उपाधि पाएका राजेश हमालसँग ‘राजनीति’ नामको चलचित्रमा काम गरिन् । यो चलचित्रमा नेपाली संगीत दुनियाँकी चर्चीत गायिका कोमल वलीले पहिलोपटक ठुलोपर्दामा अभिनय गरेकी थिइन् । त्यसपछि आचार्यले तत्कालिन समयका चल्तिका अभिनेता आर्यन सिग्देलले लिड गरेको ‘आवेग’ चलचित्रमा काम गरिन् ।

हरेकपटक अनुभवी टिमसँग काम गर्ने अबसर पाएकी आचार्य बालापनदेखि नै नृत्यमा पोख्त थिइन् । अभिनयसँग आफ्नो रुचीको विधा नृत्यलाई निरन्तरता दिने उद्देश्यले उनले ७० को दशकको सुरूवाती समयबाट नै कोरियोग्राफीमा आफुलाई अघि सारिन् ।

उनै कोमल वलीको तीज गीतबाट नृत्य निर्देशक बनेकी आचार्यले त्यसयता थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफी गरेकी छिन् । उनको निर्देशनमा वलीसँगै चर्चित कलाकारहरू करिश्मा मानन्धर, अनुपबिक्रम शाही, आँचल शर्मा, सलोन बस्नेत, अनु शाह, नीता ढुङ्गाना लगायतले कम्मर मर्काइसकेका छन् ।

यो बीचमा ‘कमाण्डर’ र ‘मेला’ दुई चलचित्रमा समेत आचार्यले कोरियोग्राफी गरेकी छिन् । कोरियोग्राफीसँगै मोडलिङमा पनि आफुलाई अघि सार्दै आएकी आचार्य यतिबेला मोडलिङ र कोरियोग्राफी वृत्तमा ‘पावला’ नामले परिचित छिन् । एक अन्तर्राष्ट्रिय फ्लेभरको म्युजिक भिडियोको आफै निर्देशन र कोरियोग्राफीपछि उनले ‘पावला’ नामलाई ब्राण्ड बनाउन अघि सरेकी हुन् । आचार्यको उक्त भिडियो ‘पावला’ नाममै सार्वजनिक भएको थियो ।

अभिनेत्री, मोडल र कोरियोग्राफरको रूपमा परिचय बनाएकी आचार्य उर्फ ‘पावला’ले अब आफ्नो परिचयलाई थप फराकिलो बनाउँदै कास्टिङ निर्देशकसम्म पुर्याएकी छिन् । निर्माणाधिन चलचित्र ‘कश्यप’ टिमले बिहिबार मात्रै आचार्यलाई कास्टिङ निर्देशकको रूपमा अनुबन्ध गरेको छ ।

सपना र संघर्षको पथ औंल्याउने बताउने आचार्यको नयाँ यात्राले कुन गति लिन्छ त्यो भने समयले बताउनेछ । एकपछि अर्को विधामा हात हाल्दै त्यसको सफलता चाखेकी उनि निरन्तरको मेहनत नै सफलताको सुत्र ठान्छिन् ।

आचार्य हाल कलाकारहरूको हक हितको लागि स्थापीत संस्था नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सह‍(कोषाध्यक्ष समेत छिन् । विभिन्न सामाजिक कार्यहरूमा पनि उनको यात्रा निरन्तर छ । काठमाडौंका विभिन्न वृद्धाश्रम र वाल आश्रमहरूमा उनले निरन्तर सहयोग गर्दै आएकी छिन् ।