Tuesday 3rd March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने

Wednesday, July 16, 2025 National Power

काठमाडौँ – सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले’ विगतको वर्ष झैँ यो बर्षपनि ‘गाईजात्रा महोत्सव’ आयोजना गर्ने भएको छ । आगामी २४ देखि ३१ सम्म आयोजना हुने महोत्सवको नाम ‘गाईजात्रा महोत्सव ८२’ राखिएको छ ।

१४ जना कमेडियनले प्रस्तुति दिने महोत्सवमा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नाग पनि सहभागी हुनेछन् । अन्य सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी, सुजिता श्रेष्ठ, भरतमणी पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्की, दिनेश काफ्ले, खडगबहादुर पुन र सुयशा खनाल लगायत रहनेछन् ।

सांस्कृतिक पर्व गाईजात्राको महत्त्व र गरिमालाई जोगाई राख्न ‘गाईजात्रा महोत्सव ८२’को आयोजना गर्न लागिएको संस्कृति संस्थानले जनाएको छ ।