Saturday 11th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने

Wednesday, July 16, 2025 National Power

काठमाडौँ – सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले’ विगतको वर्ष झैँ यो बर्षपनि ‘गाईजात्रा महोत्सव’ आयोजना गर्ने भएको छ । आगामी २४ देखि ३१ सम्म आयोजना हुने महोत्सवको नाम ‘गाईजात्रा महोत्सव ८२’ राखिएको छ ।

१४ जना कमेडियनले प्रस्तुति दिने महोत्सवमा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नाग पनि सहभागी हुनेछन् । अन्य सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी, सुजिता श्रेष्ठ, भरतमणी पौड्याल, सन्तोष थापा, सुमन कोइराला र कैलाश कार्की, दिनेश काफ्ले, खडगबहादुर पुन र सुयशा खनाल लगायत रहनेछन् ।

सांस्कृतिक पर्व गाईजात्राको महत्त्व र गरिमालाई जोगाई राख्न ‘गाईजात्रा महोत्सव ८२’को आयोजना गर्न लागिएको संस्कृति संस्थानले जनाएको छ ।