Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

Sunday, June 8, 2025 National Power

काठमाण्डौ  –  राष्ट्र्र्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न भएको छ । संघिय राजधानीको चलचित्र विकाश बोर्डमा आयोजना भएको रिवार्डमा २२ विधामा अवार्ड प्रदान गरिको छ । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेत रहेका थिए  भने कार्यक्रमको सभापतित्व आयोजक संस्था सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले गरेकी थिईन ।

समारोहमा बिशिष्ट गायिका एवम्  गीतकार चन्द्रकला शाहलाई दिर्घ साधना कलाकारिता सम्मान प्रदान गरिएयो । त्यस्तै नेपालकै पहिलो चलचित्र आमाका तिन अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी एवम् बसुन्धरा भुषाललाई चलचित्रकर्मी त्रीदेवी सम्मानद्धारा सम्मानित गरियो । यसै अवसरमा समारोहमा संगीतकार चेतन राई, सञ्चारकर्मी सोनित राज ढुङ्गेल, गायिका अनिता कुँवर, संचारकर्मी तुल सिंह रनपछाई, मिसेज नेपाल रेश्मा घिमिरे, गीतकार/ यक सुवास कार्की , संगीतकार मदन नेपाली, गायक धनराज चुनारा, बालकलाकार आरिया शाही, गोकर्णेश्वर नगरपालिका प्रशासकिय अधिकृत याम नारायण गौली सम्मानित भए ।

पाँचौ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) कार्यक्रममा लोकदोहोरी शब्दमा ज्यानै फाल्दिन्छु बाट सागर रेग्मी अवार्ड विजेता घोषित भए । यसै गीतबाट मोडल पुरुष अभिनय तर्फ अशोक पौडेल र महिला तर्फ निरुता साही तथा दोहोरी निर्देशकमा श्रृजन बराल गरी ४ विधामा यो गीतले अवार्ड विजेता गराउन सफल भयो ।

कार्यक्रमा वेसारे माया बोलको गीतमा लोकदोहोरी उत्कृष्ट लयको लागी शान्त शिशिर र महिला मोडल नृत्यको लागी सञ्चिता साहीले जुरी अवार्ड पाईन । लोक दोहोरी विधा तर्फ नै गायकमा राम प्रशाद अवस्थीले तिम्रो खाँचो गीतबाट, गायिकामा सिामा थापाले दमौलीमा गेट गीतबाट, मोडल पुरुष नृत्य तर्फ विमल अधिकारी म बाँचेकी तिम्रो लागी गीतबाट, महिला तर्फको मोडलमा अस्मीता पुरी फुलमाया गीतबाट अवार्ड विजेता घोषित भए ।

पाँचौ राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) ०८१ मा आधुनिक गीत तर्फबाट शब्दमा डा. ओम कृष्ण प्रसाई पिता गीतबाट, संगीतमा केशव सापकोटा झेलीमाया गीतबाट गायकमा डेविट शंकर जुनकिरी गीतबाट, गायिकामा प्रतिमा के.सी. खाली खुट्टा गीतबाट, मोडल पुरुष तर्फ श्रीदेव भट्टराई जहिले देखी नजर जुध्यो गीतबाट, महिला मोडलमा दिपा शाही कस्ती थिए कस्ती भए गीतकाट, महिला मोडलकै जुरी अवार्ड बाट सपना जनक मेरो मान्छे गीतबाट, पुरुष मोडलको जुरी अवार्ड विजेन्द्र नौवागे म तिमिलाई मन पराउछु गीतबाट एवम् आधुनिक गीत निर्देशकमा सियोन श्रेष्ठ सत्य राम कसम गीतबाट उत्कृष्ट अवार्ड विजेता घोषित भए ।

उत्कृष्ट छायाँकारमा मेरी बाठी मायाले गीतबाट अजय रेग्मी, सम्पादनमा राजेश कुमार बाँच्दीन म गीतबाट, एरेन्जरमा विष्णु तामाङ पालेदाई गीतबाट अवार्ड विजेता घोषित भएका थिए  कार्यक्रममा प्रमुख अतिथी पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य कार्यक्रमका निर्देशक शान्तिप्रियले राखेका थिए । कार्यक्रमको संचालन दिपज्योती थापाले गरकी थिइन ।