Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

तेज गिरी र दिपा शाहीको जोडीले ‘लभ पर्‍या छ’ मा मन लोभ्याए

Tuesday, February 11, 2025 National Power

काठमाडौं – ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् ।

बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ ।

आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ । एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।