
काठमाडौँ -क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले राजधानीमा विरोध र्यालीको आयोजना गरेको हो ।
र्यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको थियो । र्याली शान्तिबाटिका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक पुगेर कोणसभामा परिणत भएको थियो ।