Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नवौं संस्करणको ‘मोडल हन्ट नेपाल’मा ४८ प्रतिस्पर्धि

Thursday, January 9, 2025 National Power

काठमाडौं- नवौं संस्करणको ‘मोडल हन्ट नेपाल–२०२५’ को फाइनलमा ४८ प्रतियोगिबीच प्रतिस्पर्धि हुने भएको छ । यो प्रतियोगिताको फाइनलका लागि छनौट चरणका विभिन्न अडिसनबाट ३० महिला तथा १८ पुरुष गरि ४८ प्रतियोगि छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।

छानिएका प्रतियोगिहरूलाई एक महिनाको प्रशिक्षणसहित फाइनलको तयारीमा लाग्ने छन् । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने छ । प्रतियोगितामा सविता कार्कीेको कोरियोग्राफी रहने छ ।

प्रतियोगितामा विजेताले पाँच लाख रुपैयाँ बराबरका पुरस्कारबाहेक आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताउनुभयो ।