Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’

Sunday, January 5, 2025 Devil Singh Rajput

काठमाडौं । नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेल स्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदैछ ।  कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य भनेको दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । साथै यस्ता खालका कार्यक्रमले दुई देशबिच सांस्कृतिक आदान प्रदानमा सहयोग पु¥याउने छ ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी ९ल्ँऋब्० द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । प्रदर्शन पश्चात चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरुसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन् ।

प्रदर्शन हुने चलचित्रहरू
१.हर स्टोरी (१२३ मिनेट) – निर्देशक ः यीहुई साओ (उद्घाघाटन चलचित्र)
२. मिडसमर्स भ्वाइस (१०५ मिनेट) – निर्देशक ः युडी झाङ
३. जीफर ग्याप (१०३ मिनेट) – निर्देशक ः फेईलङ

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र बिकास बोर्ड र नेपाल पर्यटन बोर्डका बिशिष्ट पदाधिकारीहरुले समेत कार्यक्रममा सहभागिता रहनेछ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुनेछ ।
चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्नेछन । कार्यक्रमले दुई देशका चलचित्रकर्मीहरूबीचको सहकार्यलाई अगाडि बढाउने थप मद्धत गर्ने अपेक्षा गरिएको छ ।

‘चाइना फिल्म डे’ को महत्वबारे नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताए । उनले भने, ‘यसले चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्नेछ ।’

पाठकले यस्ता सांस्कृतिक आदान प्रदानहरूको व्यापक प्रभाव बारे थप प्रस्ट्याउँदै भने, ‘यस प्रकारका कार्यक्रमहरूले राष्ट्रहरूबीच आपसी सम्मान, सम्बन्ध र समझदारीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।’ यसले सह–निर्माण, संयुक्त परियोजना, र विश्वव्यापी दर्शकलाई समेट्ने साझा कथाहरू सिर्जना गर्न मार्ग प्रशस्त गर्छ । म विश्वस्त छु, यो नेपाल–चीन चलचित्र सम्बन्धको नयाँ अध्यायको सुरुवात मात्र हो ।