Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गायीका पाण्डेको “हरदिन पूजा गर्छु म” तिज गीत सार्वजनिक

Monday, September 2, 2024 National Power

काठमाण्डौ – गायीका शोभा पाण्डेको “हरदिन पूजा गर्छु म” तीज गीत ’फूलबारी नेपाल ’ युटुव च्यानल मार्फत बजारमा आएको छ । उक्त गीतमा शब्द स्वकृति बरालको छ भने सङ्गित दिपक शर्माले भरेकाछन् । सङ्गित संयोजन रामकृष्ण थापाले गरेका हुन् । गीतमा तीजको संस्कृति सँगै जोडिएर आफ्नो श्रीमानकै लागि तीज मनाउने र उनको भलो हुन्छ भने तीजमा मात्र नभएर हर दिन नै भगवान् शीवको पूजा –आरधना गर्छु भन्ने अभिब्याक्ती सुन्न पाईन्छ । गायीका शोभा पाण्डेको मुख्य अभिनयमा भिडियो हेर्न सकिन्छ ।

गायिका पाण्डे संगीत बिषयमा स्नातक, स्नातकोत्तर गरि दर्शनाचार्य तेश्रो तहमा थेसिस लेख्दैछिन् । अन्य गीत तथा भिडियोहरु समेत तयार भएका र आउँदा दिनहरुमा छिट्टै दर्शक तथा श्रोताहरु माझ आउने गायीका पाण्डे बताउछिन् । करिव छ दर्जन गीत गाइसकेकी गायीका शोभा पाण्डे बि।सं २०७१ सालबाटै साङ्गितिक यात्रालाई आफ्नो कर्म बनाएर सक्रियरुपमा गायनमा लागिरहेकी छिन् ।