Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भुवन प्यासी र मेलिना राईको ‘इङ्गेज्मेन्ट’

Wednesday, August 21, 2024 National Power

चितवन – गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा आज बुधवार दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् ।

भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इङ्गेज्मेन्ट’ बोलको रोमान्टिक गीतको भिडियोमा देव महतो, मिस पवि लगायतले अभिनय गरेका छन् भने क्यामरा रविन्द्र बराल, निर्देशन सिर्जन बरालको रहेको छ ।

स्टेज कार्यक्रममा अत्यधिक रुचाईने गायकको पहिचान बनाएका भुवन प्यासी युरोपका अधिकाँश मुलुकमा सांगीतिक भ्रमण गरिसकेका छन् केही दिनमा अमेरिका जाँदैछन् ।

भुवनको दर्जनौं गीतहरुमा लेहेङ्गा हार, माइली, यो देशको लागि, मखमली, हल्का हल्का चुम्न देऊ न काली, ट्राफिक जाम, झम्के झम्के, हे बरै अलिबडी चर्चामा रहेका सांगीतिक कोसेली हुन् ।