Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अभिनेत्रीहरुकाे अभिव्यक्ति प्रति संघकाे ध्यानाकर्षण

Wednesday, June 26, 2024 National Power

काठमाडौं– कान्तिपुर टेलिभिजनबाट केही दिनअघि प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ मा अभिनेत्री जस्सीता गुरुङको चरित्र हत्या हुने गरी आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्ने अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्रज्ञी राज्य लक्ष्मी शाह प्रति कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघकाे ध्यानाकर्षण भएकाे छ।
संघका अध्यक्ष मोहन निरौलाले बुधवार दिउँसो एक विज्ञप्ती जारी गर्दै उक्त प्रकरणमा आफ्नो संस्थाको धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तीमा भनिएको छ– ‘हालै एक टेलभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ ।’
उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ । आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मान मर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मान मर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा नेपाल चलचित्र कलाकार संघले आफ्ना सदस्य कलाकारहरुलाई यस्तै अभिव्यक्ति सचेतनाका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै गत जेठ २९ गतेसमेत कलाकार र आम सञ्चार विषयक विचार गोष्ठी सञ्चालन गरेको स्मरण गराएको छ।
‘यस भन्दाअघि पनि केही कलाकारहरुले सामाजिक मर्यादा विपरित अनुशासन विपरित आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भइ सचेत पनि गराएका थियौं । प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही बक्तव्यमार्फत अनुरोध गर्दछौँ ।’