Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा अधिकारी

Sunday, October 8, 2023 National Power

काठमाडौँं – संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । शनिबार आयोजित समाजको १४ औं साधारण सभाले उनलाई  एक कार्यकालका लागि पुनः निर्विरोध अध्यक्ष चुनेको हो ।

सभाले समाजको सदस्यहरुमा चन्द्र शर्मा, बि.पाण्डे, प्रमोद ढुंगाना, वसन्त सापकोटा, शिरीष देवकोटा, पि.एन सापकोटा, रामु खड्का, सुजन लम्साल, सुवास रेग्मी र प्रसाद लामिछाने छानेको छ ।
समाजको निर्वाचन संयोजकमा अधिवक्ता समेन्तमणि खराल रहेका थिए ।